कीरा र मुसाजस्तो वस्तु भेटिएपछि ‘अमृत सूर्यमुखी’ तेल बिक्रीवितरणमा रोक - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

कीरा र मुसाजस्तो वस्तु भेटिएपछि ‘अमृत सूर्यमुखी’ तेल बिक्रीवितरणमा रोक


सिन्धुपाल्चोक, २० असाेज :
सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिवेणी गु्रपको अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो वस्तु भेटिएको हो ।

तेलको प्याकेटमा कुहिएका कीरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको छ । आइतबार एक स्थानीयवासी तेलको प्याकेटसहित उपस्थित भएपछि नगरपालिकाले थप छानबिन गर्नका लागि बिक्रीमा रोक लगाएको उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.