चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 12 October 2020

चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको मृत्यु


चितवन, २६ असाेज :
चितवन राष्ट्रिय निकुञ्जमा एउटा बयस्क हात्ती मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ बर्षको विक्रम प्रसाद नाम भएको हात्तीको आज आकस्मिक मृत्यु भएको हाे ।

बच्चा उमेरदेखि नै बिरामी रहेको विक्रम प्रसादमा क्षयरोग लागेको निकुञ्जले जनाएको छ ।

तीन दिन अगाडि आकस्मात बिरामी परेको विक्रम प्रसादको उपचारको क्रममा मृत्यु भएको थियाे ।

हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार मृत हात्तीको पूजापाठ गरि अन्त्येष्टि गरिएको छ ।

यो सहित आ.व. २०७७/०७८ मा चितवनमा मात्र राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती मरिसकेका छन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.