बाँकेमा कोरोनाबाट ८५ वर्षीया महिलाको मुत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday, 9 October 2020

बाँकेमा कोरोनाबाट ८५ वर्षीया महिलाको मुत्यु


नेपालगञ्ज, २३ असोज :
बाँकेमा कोरोना संक्रमणका कारण थप एक जना बृद्ध महिलाको मृत्यु भएको छ । विहीबार राती उहाँको मृत्यु भए पनि शुक्रवार विहान कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीका ८५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विहिवार राती ९ बजे मृत्यु भएको थियो ।

सो कार्यालयले योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको जनाएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले असोज २१ गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएकी ति बृद्ध महिलामा असोज २२ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

तर, रिपोर्ट मृत्यु भैसकेपछि शुक्रवार विहान मात्र पोजेटिभ आएको उहाँले बताउनुभयो ।

उहाँले ती महिलाको स्वास्थ्य अवस्था विग्रदै गएकोले उपचारमा विभिन्न विधि अपनाईए पनि अवस्थामा सुधार नआएपछि विहीबार राती मृत्यु भएको बताउनुभयो ।

मृतक महिलालाई श्वास प्रश्वासमा समस्या देखिएको पनि भेरी अस्पतालले जनाएको छ । अझै पनि बाँकेका विभिन्न अस्पतालमा २३ जना जति गम्भीर अवस्थाका संक्रमितहरुको उपचार भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.