आईपीएलमा सट्टेबाजी गर्ने सात जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Monday, 12 October 2020

आईपीएलमा सट्टेबाजी गर्ने सात जना पक्राउ


काठमाडाैँ,  २६ असाेज :
यूएईमा चलिरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने सात जनालाई प्रहरीले काठमाडाैँबाट पक्राउ गरेको छ । 

भारत घर भएका कुलदीप शारणको कोठामा सट्टेबाजी भइरहेको सूचनाका आधारमा छापा मारेर एक लाख ८५ हजार रुपैयाँ र विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । 

आइतबार पक्राउ परेका शारणको बयानका आधारमा सट्टेबाजीमा संलग्न भारतकै सञ्जिव शारण, अजय गौतम, नवीन जैन, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, कुलेश्वरको उत्तम सापकोटा र सोल्टीमोडका कुमार बमसललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.