सडकको धुलोले हेमजालीलाई हैरान - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

सडकको धुलोले हेमजालीलाई हैरान


कास्की, १४ कात्तिक :
हेमजाका स्थानीयलाई निर्माणधीन मध्यपहाडी लोकमार्गबाट उँडेको धुलोले हैरान बनाएको छ ।

वडावासीले धुलोकै कारण आफूहरुलाई रुघाखोकी लागेको, खानपान तथा हिँडडुलमा समस्या भएको, मास्कले समेत धुलो नछेकेको, र आफूहरुको व्यवसायमा प्रत्यक्ष असर परेको लगायतका गुनासो पोखेका छन्।

निर्माण कम्पनी काठमाण्डौंस्थित शर्मा एण्ड कम्पनीले विभिन्न बहाना देखाई ढिलाइ गर्दा थप समस्या आएको उनीहरुको भनाइ छ।

तीन वर्षमा सक्नुपर्ने काम किन ढिला भएको भन्दै वडावासीले प्रश्न समेत गरेका छन्।धुलोकै कारण कतिपय अवस्थामा सवारी साधनले दिउँसै हेडलाइट बाल्नुपर्ने अवस्था पनि सिर्जना भएको छ ।

स्थानीयले हेमजा खण्डको कुल १२ किलोमिटर धुलाम्य सडकमा पानी छर्कन र चाँडोभन्दा चाँडो काम सक्न माग गरेका छन्।

ठेकेदार कम्पनीलाई पानी छर्कन भन्दै बारम्बार आग्रह गरेपनि कुनै सुनुवाइ नभएको फेदीकी सरिता रानाले गुनासो पोख्नुभयो।

कतैकतै भने वडावासीले नै आफ्नो घर अगाडि पानी छर्कने गरेका छन ।

यता निर्माण कम्पनीका प्रबन्धक राजु रानाभाटले हेमजा खण्डमा धुलोको समस्या भएपनि स्थानीयले भनेअनुसार समस्या नभएको दावी गर्नुहुन्छ । दशैँको बेला कर्मचारी अभाव भएर समस्या आएको स्वीकार गर्दै प्रबन्धक रानाभाटले अब समस्या आउन नदिने प्रतिबद्दता जनाउनुभयो। हामीसँग पानी छर्केने ४ वटा गाडी छन्, तिनको भरपुर प्रयोग गरी काम गर्छौँ- उहाँले भन्नुभयो।

यो सडकखण्ड निर्माण कम्पनीले तीन वर्षमा सक्ने गरी मिति २०७४/०६/०१ गते ठेक्का लिएको थियो।

कोरोना भाइरसको प्रभाव र बीच सडकस्थित विधुत् पोलका कारण निर्धारित समयमा काम सम्पन्न नभएको कम्पनीको भनाइ छ ।

यो सडक ३० मिटर फराकिलो बन्दैछ ।जसअन्तर्गत डिभाइडरको रुपमा बीच भागमा ३ मिटरको फूलवारी तथा दायाँबाँया २ मिटर फराकिला नाली निर्माण गरिएको छ।

दुवैतर्फ समान ३ लेनको बाटो बन्दै छ । समयमा काम नसकिएपछि निर्माणको म्याद थप्ने तयारी पनि भइरहेको जनाइएको छ।सडकको हालसम्म ६५ प्रतिशत काम सकिएको इञ्जिनियर अनन्त बरालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.