कोभिड- १९ को प्रभाव बढ्दै गएपछि कुश्माबजार बन्द गर्ने निर्णय - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

कोभिड- १९ को प्रभाव बढ्दै गएपछि कुश्माबजार बन्द गर्ने निर्णय


पर्वत, १४ कात्तिक :
पर्वतमा कोभिड- १९ को प्रभाव बढ्दै गएपछि कुश्माबजार बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले आज राति १२ बजेदेखि ७ दिन सम्मका लागि सदरमुकाम कुश्मा बजारबाट हुदै आएका सेवा सुविधा प्रवाह बन्द गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विमल गौतमका अनुसार पर्वतको कुश्मा नगरपालिकाको कार्यालयसँगै मातहतका वडा कार्यालय ४, ५ ,६ र ७ बाट हुँदै आएका सेवा ७ दिन सम्म बन्द गर्ने र अत्यावश्यक बाहेकका व्यवसायहरु पनि बन्द गर्ने निर्णय भएको छ ।

कुश्मा बजार भित्र व्यवसाय सञ्चालन गरी बस्ने केही व्यक्तिहरुमा समेत कोभिड १९ पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो । पर्वतमा हालसम्म १ सय ६६ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.