पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १९ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १९ जनाको मृत्यु


काठमाडौँ, १९ असाेज :
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १३ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ४ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म १० लाख ८८ हजार २ सय २९ जनाको पीसीआर परीक्षण गरिएकोमा ८९ हजार २ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार १ सय ७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० गरी काठमाडौँ उपत्यकामा १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार १ सय ३३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार १ सय ३३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ६५ हजार २ सय २ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज काठमाडौँमा ९ जना, ललितपुरमा ३ जना, सर्लाहीमा २ जना, सुनसरी, पर्सा, चितवन, गोरखा र नवलपरासीपूर्वमा एक एक जना गरी १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर २४४ जनाको आइसियुमा र ४३ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा २३ हजार ५ सय ७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ३३ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.