महिला हिंसाका घटना बढ्नुु चिन्ताको विषय हो : गृहमन्त्री थापा - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

महिला हिंसाका घटना बढ्नुु चिन्ताको विषय हो : गृहमन्त्री थापा


काठमाडौँ, १९ असाेज :
गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताउनुुभएको छ ।

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्याएको उल्लेख गर्नुुभयो । मुुलुकमा बाढी, पहिरो, डुुबान र चट्याङलगायतका घटनामा वर्षमा सरदर एक हजार व्यक्तिको मृत्यु हुुनुुका साथै आवास, पूर्वाधार र बालीनाली गरी अर्बाैंको क्षति हुँदै आएको छ ।

प्राकृतिक प्रकोप र विपद् जोखिमलाई न्यूनीकरण गर्न सहजताका लागि सरकारले आवश्यक ऐन, कानून निर्माण भइसकेको उल्लेख गर्दै गृहमन्त्री थापाले भन्नुुभयो, “औद्योगिक मुलुुकले लिएको विकाससम्बन्धी गलत नीतिले पृथ्वीको तापक्रम बढन गई जलवायु परिवर्तनमा आएको असरको कारण अनेकाँै खाले विपद्का घटना निम्त्याएको छ ।” प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुुभयो ।

महिला तथा दलितमाथि हुने उत्पीडनका घटना न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताउँदै गृहमन्त्री थापाले भन्नुुभयो, “महिला सेलजस्तै प्रहरीमा दलित डेक्स बनाउने सोच अघि सारिएको छ, अघिल्ला वर्षको तुुलनामा महिलामाथि हुने बलात्कार र घरेलु हिंसाका घटना कोभिड–१९ को लकडाउनपछि बढेको छ, यो चिन्ताको विषय हो ।”

यसअघि बैठकमा सदस्यहरुले विकास भनेको सडकमात्र हो भन्ने बुुझाइ र विनागुरुयोजना हतारोमा सडक बनाउने कार्यले पहिराका जोखिम निम्त्याएको सडक खन्ने कार्यलाई व्यवस्थित र योजनाबद्ध ढङ्गबाट अघि बढाउन सुुझाव दिनुुभयो ।

कोरोनाका कारण देखिएको असहज परिस्थितिमा कैदी व्यवस्थापनमा देखिएको चाप घटाउन, जोखिममा अग्रमोर्चामा काम गर्ने चिकित्सक र सुरक्षा फौजको मनोबल बढाउन प्रोत्साहनको व्यवस्था गर्न तथा हिंसामा परेका महिलाको सहजरुपमा प्रहरीले उजुरी लिने व्यवस्था गर्न उहाँहरुले गृहमन्त्रीसँग आग्रह गर्नुुभयो ।

जोखिमबस्ती स्थानान्तरणमा विशेष ध्यान पुु¥याउन पनि गृहमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उहाँहरुले तीन तहका सरकारबीच समन्वयका साथ काम गर्न तथा प्रभाव र पहुँचका आधारमा आयोजना छान्ने गलत प्रवृत्ति रोक्न सुुझाव दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.