गोरू ब्याउछ भनी...धैर्य नगर्नु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 25 November 2020

गोरू ब्याउछ भनी...धैर्य नगर्नु


गोरू ब्याउछ भनी...धैर्य नगर्नु,
पालो आउछ भनी ...धैर्य नगर्नु।

मौका आउछ, पर्खदैन सत्य हो,
तीर्खा धाउछ भनी...धैर्य नगर्नु।

शक्तिले सत्ता चलाउछ जहिले,
दुर्बलले पाउछ भनी...धैर्य नगर्नु।

सक्दा आफै, नसके आफ्नालाई,
नेतृत्व अघाउछ भनी..धैर्य नगर्नु।

बृद्दावास्थाको होश,युवाको जोश,
ठिटाले बहर दाउछ भनी..धैर्य नगर्नु।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.