कमला गौतम
मुक्तकहरु
एकै हुदैन, दिनहरु हेर कति रमाइलो हुन्छ तिहारमा
झिलिमिलीआहा, भैलो देउसीले मन छुन्छ तिहारमा
खुशी बनाई मन, जीवन जीउने आधार बन्यो पर्वहरु
जति दुःख भए नि बिर्साउछ नै मन खुल्छ तिहारमा!
आईन लक्ष्मीआगँनीमा दलान हुदै भित्र पसिदेऊ
सबै घरमा छ आशा बासको तिम्रो,रमाई बसिदेऊ
सून्दर दृश्यहरु तिम्रो लागि जहाँतहि झिलिमिलि
माग्छौ हात थापी हामी धन देउ सबैको भरिदेऊ
सबै जिवजन्तुमा सम्मान देखाउछ तिहार यो
काग कुकुरको पूजा हुन्छ रमाउछ तिहार यो
मान्छे मात्र हैन सबै बाच्नुपर्छ भन्ने शंन्देसमा
गाईको पूजा गोबरको महत्व जनाउछ तिहार यो
दियो बल्यो ल लक्षिन घरमा ल्याइदेऊ लक्ष्मीमाता
गाई गोबारमा पाइला तिम्रा टेकिआइदेऊ लक्ष्मीमाता
चौसट्ठीकला भएकि धन भण्डार छ हातमा समाएर
गरीबी मन हेरकिन दुःख हरि हसाँइदेऊ लक्ष्मीमाता।
हजुरका घरमा सधै लक्ष्मीको बास होस्
काग कुकुर गाई र भाई तिहार खास होस्
सुख समृद्धि बढोस् दुःख नास होस् हजूरको
शुभकामना सबैमा,तिहार यो बिन्दास होस्।!

No comments:
Post a Comment