काठमाडौं, २८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको सचिवालय बैठक मङ्सिर ३ गते १.०० बजे बस्ने गरी टुङ्गिएको छ ।
पार्टीमा उत्पन्न संकट समस्या त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल भएको छ । सो कार्यसूचीमा यस अघि स्थायी कमिटीको निर्णय कार्यान्वयन, कर्णाली समस्या तथा कोरोनाका कारण उत्पन्न गरेका समस्या लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
साथै सचिवलय बैठक बस्न नसके पछि पाँच जना सस्दयले बैठक राख्न अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको पत्र र त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्षलाई पठाएको पत्र लगायतका कागजात सबै सदस्यलाई वितरण गरिएको र त्यसमा अध्ययन गरे पछि थप छलफल हुने बताउनुभयो ।

No comments:
Post a Comment