वि.सं. २०७७ मंसिर ५। शुक्रवार। इ.स. २०२० नोभेम्बर २०। ने.सं. ११४१ कछलाथ्व। कार्तिक शुक्लपक्ष। षष्ठी, २६:०६ उप्रान्त सप्तमी।
आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनत गर्दा प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। पहिलेको उपलब्धिलाई थप उचाइमा पुर्याउन सकिनेछ। शत्रुता साध्नेहरू स्वयं कमजोर हुनेछन्। हिम्मतले काम लिँदा फाइदा हुनेछ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। आँटेका काममा सन्तान र अनुयायीको सहयोग जुट्नेछ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिन खोज्नेहरूसँग अलि सावधान रहनुहोला।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वादविवादमा अघि नसर्नुहोला। काम पूरा नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले धन आर्जन हुनेछ। नियमित काम सम्पादन हुनेछन्। नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ। मिहिनेत गर्दा सफलताको उचाइ प्राप्त गर्न पनि सकिनेछ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्त र परिवारजनबाट टाढिनुपर्ला। करकापमा परी बाध्यात्मक काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हातलागी भएको रकम अरूका लागि खर्च हुन सक्छ। पछिका लागि लगानी गर्नुपर्ला। सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि तत्काल सोचेको मूल्य भने प्राप्त नहुन सक्छ। आवश्यकता भन्दा सोख पूरा गर्न बढी खर्च हुनेछ। खर्च टार्न केही सरसापट लिनुपर्ने हुन सक्छ। तापनि, आयस्रोत बढाउने समय छ।
No comments:
Post a Comment