आहा कति राम्राे र‌ंग याे राताे - pharaksandesh.com

मुख्य समाचार


Friday, 20 November 2020

आहा कति राम्राे र‌ंग याे राताे


रातो रातो रातो, आहा कति राम्रो 
रंग यो रातो,
मीठो स्याउ रातो, अनार पनि रातो, 
फूल राम्रो रातो, फल पनि रातो
देशको झण्डा रातो हेर, गुराँस पनि रातो
आमाको टीका रातो हेर, हातको चुरा रातो
आमाले लाउने सारी रातो चोली पनि रातो,
रंगहरुको राजा रातो, हाम्रो नाना रातो
रगत पनि रातो हेर, सिम्रिक पनि रातो
सबै भन्दा राम्रो रंग, हेर रातै रातो
हेर रातै रातो, हेर रातै रातो

सविता बस्नेत २०७६

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.