नेप्से कीर्तिमानी अङ्कमा, ताेडियाे अहिलेसम्मकाे रेकर्ड - pharaksandesh.com

मुख्य समाचार


Thursday, 26 November 2020

नेप्से कीर्तिमानी अङ्कमा, ताेडियाे अहिलेसम्मकाे रेकर्ड


काठमाडाैँ, ११ मङ्सिर :
शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अंकमा पुगेको छ ।

नेप्सले बिहीबार झण्डै २ वर्ष अघिको १८ सय ८१ विन्दु पार गरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १९ सय २५ विन्दुमा पुगेको छ । व्यापार र सामुहिक लगानी कोषबाहेक अरु सबै समूहको शेयर उकालो लागिरहेको छ ।

बुधबार नेप्से कीर्तिमानी अंकबाट जम्मा ७ अंक मात्रै पछाडि रहेको थियो ।

१९१५ अंकसम्म पुगेको सूचक सवा ११ बजेको हाराहारीबाट केही घट्न थालेको भए पनि यो समाचार तयार पार्दासम्म पनि यसअघिको ऐतिहासिक विन्दुभन्दा अगाडि (१८८६.६९ मा) नै रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.