घट्दै ‘घट्ट’ को मोह ! - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 25 November 2020

घट्दै ‘घट्ट’ को मोह !


हुम्ला, १० मङ्सिर :
पछिल्लो समयमा हुम्ला जिल्लाका विभिन्न खोला किनारमा अवस्थित पानी घट्टहरु लोप हुँदै गएका छन् ।

आधुनिक घट्टको विकाससँगै परम्परगत घट्टहरु पछिल्ला केहि वर्षयता लोप हुँदै गएका हुन् ।

आधुनिक घट्टहरु विकास भएपछि जिल्लाका अधिकांश खोला किनारमा रहेका परम्परागत घट्टहरु कम भेटिन थालेका छन् ।

बाबु बाजेको पालादेखि पानी घट्ट सञ्चालन रहेको खार्पुनाथ गाउँपालिका–५ का पौमल सुनार पिसनी र कटनी मिल गाउँमा भित्रिएसँगै घट्टको महत्व घट्दै गएको बताउनुहुन्छ ।

तीन पुस्तादेखि घट्ट सञ्चालन गर्दै आएको भएपनि अहिले भने गाउँका घट्टमा पीठो पिस्नेको कमी भएको सुनारले सुनाउनुभयो ।

सुरुका वर्षभन्दा आजभोलि पानी घट्टहरुको संख्या घटेको अदानचुली गाउँपालिका –५ काँखेका स्थानीय पदमराज हमालको अनुभव छ ।

विगतका वर्ष तुलनामा पानीहरु पछिल्ला समय विस्थापित भएको हमालले बताउनुभयो ।

हुम्ला जिल्लाका कति पानी घट्ट छन् भन्ने त एकिन तथ्याङ्क छैन तर करिब १ देखि २ सय सम्मको हारहारीमा पानी घट्ट अहिले पनि संचालनमा रहेको अनुमान गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.