रोल्पा र प्यूठानका २२ वटा सडक मर्मत हुने - pharaksandesh.com

मुख्य समाचार


Thursday, 19 November 2020

रोल्पा र प्यूठानका २२ वटा सडक मर्मत हुने


रोल्पा, ४ कात्तिक :
सडक पूर्वाधार विकास कार्यालय रोल्पाले प्यूठान र रोल्पाका २२ वटा सडक योजनाको मर्मत गर्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकार मातहत रहेको पूर्वाधार कार्यालयले रोल्पाका १२ र प्यूठानका १० वटा सडकको मर्मत गर्ने भएको हो ।

वर्षायाममा पहिरोले क्षति पुर्‍याएका सडकको मर्मत तथा सुधारका लागि प्रदेश सरकारबाट बजेट आएकाले टेण्डर भई काम समेत अघि बढाउने तयारी भइरहेको सडक पूर्वाधार कार्यालय रोल्पाका निमित्त प्रमुख नबिन श्रेष्ठले जानकारी दिनुभयो।

सडक मर्मत योजना भएकाले पहिरो हटाउने, रिटेनिङ वाल लगाउने र जाली लगाउने काम हुने सडक पूर्वाधार विकास कार्यालय रोल्पाले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.