चिकित्सक सङ्घसहित स्वास्थ्य क्षेत्रका १९ वटा सङ्घ–संस्थाले गरे आन्दोलनको घोषणा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 22 December 2020

चिकित्सक सङ्घसहित स्वास्थ्य क्षेत्रका १९ वटा सङ्घ–संस्थाले गरे आन्दोलनको घोषणा



काठमाडाैँ, ७ पुस :
सरकारले आफ्ना माग पूरा नगरेको भन्दै नेपाल चिकित्सक सङ्घसहित स्वास्थ्य क्षेत्रका १९ वटा सङ्घ–संस्थाले आन्दोलनको घोषणा गरेका छन् । 

सरकारले घोषणा गरेको सुविधा र कोरोना महामारीको बेलामा स्वाथ्यकर्मीको सुरक्षाको लागि पटक–पटक विभिन्न माग गरेको भए पनि बेवास्ता गरेकाले आन्दोलनमा जान बाध्य भएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । 

मङ्सिर ७ गते १९ वटा स्वास्थ्य क्षेत्रका पेसागत तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन सङ्घ, सङ्गठनहरूबाट संयुक्त रूपमा १८ बुँदे ज्ञापन पत्रसहित २१ दिने अल्टिमेटम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समक्ष पेस गरी ध्यानाकर्षण गराइएकोमा अहिलेसम्म पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।

स्वास्थ्यकर्मीहरूले पहिलो चरणको आन्दोलनअन्तर्गत सात वटै प्रदेशमा रचनात्मक कार्यक्रम तथा स्वास्थ्यकर्मीहरूलाई जागरण गराउने र पुस १२ गते माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन् ।

सरकारले माग पूरा नगरे दोस्रो चरणमा कडा आन्दोलन गर्ने उनीहरूको भनाइ छ । यसबाट नागरिकमा पर्न जाने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार हुने उनीहरूको चेतावनी छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.