पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : कांग्रेस - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 December 2020

पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : कांग्रेस


काठमाडौँ, १७ मङ्सिर  :
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पौडेलको गिरफ्तारीको घटना आपत्तिजनक एवं निन्दनीय भएको बताउनुभएकाे छ । सरकारको यो प्रवृत्ति विरुध्द देशब्यापी प्रतिरोध गरिने देउवाले उल्लेख गर्नुभएकाे छ।

देउवाले पौडेललाई तत्काल रिहा गर्न चेतावनी दिँदै अन्यथा उत्पन्‍न हुने परिस्थितिको सामना गर्न तयार रहन भन्नुभएकाे छ । 'सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्‍न हुने परिस्थिति सामनाका लागि तयार बस्‍न म सरकारलाई चेतावनी दिन चाहन्छु,' देउवाले विज्ञप्तिमा भन्नुभएकाे छ । 

तनहुँको जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा कांग्रेसकै पालामा निर्माण सम्पन्‍न भएको पुल स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्‍चात उद्घाटन गर्न जाँदै गर्दा पौडेल माथी गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक भएको देउवाले विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ । 

'वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु,' देउवाले भन्नुभएकाे छ ।

यसैबीच पौडेलको गिरफ्तारीको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता प्रकाशमान सि‌ंह, डा. शेखर कोइरालालगायतले विराेध गर्नुभएकाे छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.