प्रदेश नं. १ को प्रदेशसभा अधिवेशन माघ ७ गतेका लागि आह्वान - pharaksandesh.com

मुख्य समाचार


Sunday 27 December 2020

प्रदेश नं. १ को प्रदेशसभा अधिवेशन माघ ७ गतेका लागि आह्वान


मोरङ, १२ पुस :
प्रदेश १ सरकारले प्रदेश नं. १ को प्रदेशसभा अधिवेशन ०७७ माघ ७ गते अपरान्ह २ बजे बोलाउने गरी सिफारिश गरेको छ ।

विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभा अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई सिफारिश गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

बजेट अधिवेशन गत साउन ९ गते सम्पन्न भएकाले माघ ८ गते अघि नै प्रदेश सभा बैठक आव्हान गर्नुपर्ने संवैधानिक बाध्यता रहेको थियो । यसैगरी मन्त्रीपरिषद बैठकले प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.