पाँच हजार ४३४ परीक्षण गर्दा पाँच सय सङ्क्रमित - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

पाँच हजार ४३४ परीक्षण गर्दा पाँच सय सङ्क्रमित


काठमाडौं, ११ पुस :
नेपालमा कोरोनाभाइरसका पाँच सय जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५७ हजार ७०० पुगेको छ । हालसम्म १९ लाख पाँच हजार ८२६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४३४ जनाको आरटीपीसीआर परीक्षण गर्दा पाँच सय जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल छ हजार ७४९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा ८४० जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४९ हजार १३२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१९ जनाको मृत्यु दत्र्ता गरिएको छ । हाल छ हजार ७४९ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.