बारा प्रहरीद्वारा गाँजा खेती नष्ट - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

बारा प्रहरीद्वारा गाँजा खेती नष्ट


बारा, ११ पुस :
बाराको रतनपुरीमा करिब एक विगहामा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

जिल्लाको निजगढ नगरपालिकाको वडा नम्बर १२ रतनपुरस्थित नाङगेडाँडाको ऐलानी जगामा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको हो ।

गाँजा फडानी अभियान अन्तर्गत प्रहरीले एक बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गरी उक्त गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.