प्रचण्डसँग कम्युनिस्ट आन्दाेलन र पार्टी कमिटीकाे आधारमा चल्ने कुरा मिल्याे : नेता नेपाल - pharaksandesh.com

मुख्य समाचार


Friday, 25 December 2020

प्रचण्डसँग कम्युनिस्ट आन्दाेलन र पार्टी कमिटीकाे आधारमा चल्ने कुरा मिल्याे : नेता नेपाल


काठमाडाैँ, १० पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी भएको बताउनुभएको छ ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, सङ्घीयतालगायतका राजनीतिक परिवर्तन विरोधी भएको बताउनुभएको हो ।

ओली कम्युनिस्ट विचार, आचरणबाट विचलित भएकाे र पतनको बाटोमा हिँडेको भन्दै कम्युनिस्ट आन्दोलन नै सिध्याइदिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । ओलीमा गणतन्त्र, सङ्घीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाइ छ ।

ओलीले कुनै पनि समस्याको सहज अवतरण नचाहने नेपालको भनाइ छ । उहाँले अध्यक्ष प्रचण्डसँग कम्युनिस्ट आन्दोलन, विचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताउनुभयो । आगामी दिनमा आपसी विश्वास राख्दै विगतका कमी कमजोरी सुधार्दै अघि बढ्नेसमेत बताउनुभयो । 

अध्यक्ष नेपालले आधिकारिक पार्टी आफूहरूको भएकाले पार्टी कार्यालय र पार्टीको सम्पत्ति आफूहरूको हुने दाबीसमेत गर्नुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.