शेयरको राफसाफ अब दुई दिनमै, किनेको भोलिपल्टसम्म भुक्तानी गर्नुपर्ने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 January 2021

शेयरको राफसाफ अब दुई दिनमै, किनेको भोलिपल्टसम्म भुक्तानी गर्नुपर्ने


काठमाडाैँ, ६ माघ :
शेयर कारोबार राफसाफ तथा फर्स्याेट अब दुई दिनमै हुने भएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले यही माघ ११ गतेदेखि लागू हुने गरी राफसाफको समय चक्र तीन कार्य दिन अर्थात् टी–३ (T-3) लाई घटाएर दुई कार्य दिन अर्थात् टी–२ (T-2) मा झार्ने निर्णय गरेसँगै शेयरको राफसाफ दुई दिनभित्रै हुने भएको हो । 

सीडीएस एण्ड क्लियरिङका अनुसार लगानीकर्ताले आफूले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फर्स्याेटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको भोलिपल्ट भित्रमा जारी गरि सक्नुपर्नेछ । यस्तै कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्रको रकम राफसाफ सदस्यलाई कारोबार भएको भोलिपल्ट भित्र नै बुझाउनुपर्नेछ । 


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.