मेलम्ची सुरुङ निरीक्षणमा खानेपानी मन्त्री, चार हप्तापछि सुरुङमा पानी हाल्न सकिने - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 January 2021

मेलम्ची सुरुङ निरीक्षणमा खानेपानी मन्त्री, चार हप्तापछि सुरुङमा पानी हाल्न सकिने


काठमाडौं, १२ माघ :
खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि ९ किलोमिटर भित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुग्नुभयो । त्यसक्रममा उहाँले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौँ ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिनुभयो । मन्त्री थापाले मेलम्चीको पानी खाने राजधानीबासीको धोका पूरा गर्नु आफ्नो लक्ष्य रहेको बाँकी कामहरु चाँडै सक्न निर्देशन दिनुभयो ।

मन्त्रीलाई ब्रिफ्रिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको अधिकांश काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । खत्रीले बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परीक्षणको काम सुरु गर्न सकिने बताउनुभयो । ‘करिब सबै काम सकिएको छ, सुरुङ्ग परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएर विज्ञ समूहबाट सुरुङ्गको निरीक्षण पनि गराएका छौँ,’ कार्यकारी निर्देशक खत्रीले भन्नुभयो, ‘सुरुङको दिगोपनाका लागि केही सुधारका कामहरु सुरु गरेका छौँ, २४ सै घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गछौँ ।’

सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुई वटा प्रशोधन केन्द्र रहेका छन् । प्रशोधन केन्द्र दुवैको क्षमता प्रतिदिन ८.५ करोड लिटर रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.