काठमाडाैँ, १२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गर्नु भएको छ ।
विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्प गर्दै उहाँले पशुपतिनाथमा पूजा गर्नु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिनुभयो ।
उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभएको छ । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न उहाँले कोषका पदाधिकारीलाई निर्देशन पनि दिनुभएको छ ।
विशेष पूजाका अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी हुनुभएको थियो ।
पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । यसैबीच राप्ती नदीमा बनेको पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न ओली आज दाङ जाने कार्यक्रम रहेकाे छ ।

No comments:
Post a Comment