प्रचण्ड र बाबुरामको भेट, संयुक्त आन्दोलनबारे छलफल - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 January 2021

प्रचण्ड र बाबुरामको भेट, संयुक्त आन्दोलनबारे छलफल


काठमाडाैँ, १० माघ :
नेकपा अध्यक्ष प्रचण्ड र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाई लिएर संयुक्त आन्दोलन गर्ने बारेमा छलफल भएको छ।

शुक्रबार आफूहरुको भेटघाट भएको भट्टराईले बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले भनेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने वेला आएको छ।

यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुँ। गर्दैरहनेछु !’

उनीहरुको भेट उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा भएको बताइएको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.