जब निक जोनसले प्रियंकालाई वाइन गिफ्ट दिए - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 January 2021

जब निक जोनसले प्रियंकालाई वाइन गिफ्ट दिए


काठमाडौं।
प्रियंका चोपडा अभिनीत चलचित्र ‘द ह्वाइट टाइगर’ २२ जनवरीमा नेटफिलिक्समा रिलिज भएको छ। यो चलचित्रलाई राम्रो प्रतिक्रिया आइरहेको छ। चलचित्रले राम्रो प्रतिक्रिया पाएपछि उनका पति निक जोनसले उनलाई उपहार पठाएका छन्। 

चलचित्रको प्रशंसा गर्दै निकले उपहारस्वरूप वाइन पठाएका हुन्। उपहार पाएपछि प्रियंकाले धन्यवाद दिएकी छिन्। 

चलचित्र रिलिज हुनुभन्दा पहिला प्रियंकाले निकै दोडधूप गरेकी थिइन्। चलचित्रको प्रचारका लागि उनले भर्चुअल अन्तर्वार्ता दिनेदेखि लिएर सामाजिक सञ्जालमार्फत् पोस्ट सेयर गर्नेसम्मका काम गरेकी थिइन्। उनको काम देखेर निक आश्चर्यमा परेका थिए। 

उनले गरेको दुःखअनुसार प्रतिफल पनि राम्रो पाएपछि उपहारमा वाइन पठाएका हुन्। निकले पठाएको बेलुन तथा वाइनको बोतलको तस्बिर इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै लेखेकी छिन्, ‘सबैभन्दा राम्रा श्रीमान्। म तिमीलाई माया गर्छु, वाइनलाई पनि।’

प्रियंका आजभोलि लण्डनमा छिन्। नयाँ चलचित्र हलिउड चलचित्र ‘टेक्स्ट फर यु’ को छायांकनका लागि उनी अमेरिकाबाट लण्डन पुगेकी थिइन्। कोरोना महामारीको नयाँ प्रजातीको भाइरस फेला परेपछि लण्डनमा लकडाउन जारी छ। यसले गर्दा उनी अमेरिका फर्किन पाएकी छैनन्। 

चलचित्र ‘द ह्वाइट टाइगर’ एक गरिब मानिसको धनी व्यक्ति कसरी बन्ने भन्ने कथामा आधारित छ। यो चलचित्रमा आदर्श गौरवले हलवाई नामको व्यक्तिको भूमिका निभाएका छन्। उनी निकै गरिब हुन्छन्। चलचित्रमा उनी प्रियंका तथा राजकुमारको सवारी चालक हुन्छन्। 

पछि गएर उनको भाग्य चम्किएर धनी मानिस बन्छन्। रामिन बहरानीले निर्देशन गरेको यो चलचित्र सन् २००८ मा अरबिन्द अडिगाले लेखेको पुस्तकमा आधारित छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.