सपना अनि रहर - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 January 2021

सपना अनि रहर


सपना अनि रहरको त कुरै छाडौं 
सपना अनि रहरको त कुरै छाडौं 
सपना त ऊ त्यहाँ माथिको बादल सँगै उड्ने छ
अनि रहर!
रहर त तिमीसँगै खुशीका खुड्किलाहरू थप्दै जाने छ

थाहा छैन!
म्यासेन्जरका ती नहेरिएका म्यासेजहरु ले हुन्
या रिसिभ नभएका कैयौँ फोन कलहरूले 
मेरा रहरहरूलाई त रहरमै रहर बनाइ राखेछन्

शब्दै शब्दबाट सुरु भएको हाम्रो प्रेम 
आज खै किन हो निशब्द हुँदा हुँदै मौन बनिदियो 
साथ छँदा गरेका ती वाचा कसम
अनि बुनेका कैयौँ ख्वाबहरू
लथालिङ्ग अनि छरपस्ट हुँदै स्तब्ध बनिदिए

रात काटिने ती सैयौँ रमाइला बातहरू
अनि भेट हुँदाका कैयौँ मीठा पलहरू
न त दोहोरिएलान् भन्ने आश
न त फर्केर आउलान् भन्ने चाह

साथ त सधैँको लागि छ भन्ने सोच्दा सोच्दै 
सकिन्न रहेछ फरक छुट्याउन
कि साथ सधैँ त सम्झनामा मात्रै रहेछ भन्ने 
ती याद अनि ती साथ 
तिनैले मेरो जीवनमा रङ्ग 
थोपा थोपा गरेर मिलाउँदै थिए 
हो मेरो जीवन 
रङ्गिन बनाउँदै थिए
असारे भेल भनौँ
या चैतको हुरी सम्झुँ म तिमीलाई 
वस!
आयौ आशा देखायौ 
अनि चटक्कै माया मारेर 
मेरो जीवनका ईच्छा आकाङ्क्षा भताभुङ्ग पारेर
खै कहाँ बिलायौ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.