प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेस - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 January 2021

प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेस


काठमाडाैँ, ९ माघ :
महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेस गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनको मुद्दामाथि बहसका क्रममा बिहीवार (हिजो) रिट निवेदकका वकिलले प्रतिनिधि सभा विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना पेस गर्नू भनेको थियो । शुक्रबार (आज) संवैधानिक इजलासमा सुनुवाइ सुरु भएलगत्तै खरेलले राजपत्र बुझाउनुभएको हो ।

रिट निवेदकहरूले इजलासमा प्रश्न उठाएपछि प्रधानमन्त्रीको कार्यालयले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरेको हो । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौँ दिन पनि सुनुवाइ भएको छ ।

शुक्रबार (आज) संवैधानिक इजलासमा बहसमा भाग लिने कानुन व्यवसायीलाई छोटो बहस गर्न निर्देशन दिइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.