काठमाडाैँ, १४ माघ : प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको जारी सुनुवाईमा आज पनि कानुन व्यवसायीहरुको बहस जारी छ ।सर्वाेच्च अदालतको संबैधानिक इजलासमा आज पनि रिट निवेदक तर्फका कानुन व्यवसायीहरुले बहस गरिरहनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथिको हिजोको सुनुवाईमा वरिष्ठ अधिवक्ता शम्भु थापा र सुरेन्द्र महतो र शेरबहादुर केसीले बहस गर्नुभएको थियो ।संबैधानिक इजलासमा जारी आजको वहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघठन बैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाई गरिरहेको छ ।
सर्वाेच्च अदालतमा आज चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध आज सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।
चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता लोचन भट्टराईले रिट दर्ता गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्द पनि अदालतको अवहेलना सम्बन्धि मुद्धा दर्ता भएका छन् ।

No comments:
Post a Comment