चीनमा सन् २०२० मा झण्डै दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 January 2021

चीनमा सन् २०२० मा झण्डै दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन


काठमाडाैँ, १२ माघ :
चीनले सन् २०२० मा झण्डै दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ ।

एक वर्षभित्रमा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको र यो अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी रहेको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । 

चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्यास उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पुर्याएको पनि विभागले जनाएको छ । प्राकृतिक ग्यास उत्पादनमा डिसेम्बरमा अझ बढेको देखिएको छ ।

डिसेम्बरमा मात्रै चीनले १३ दशमलव ७ अर्ब घन मिटरबाट १८ दशमलव ७ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको हो । 

चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्यास निर्यात गरेको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ५ दशमलव ३ प्रतिशतले बढी हो । 

कोइलालाई विस्थापन गर्दै वातावरणमैत्री इन्धनको प्रयोग बढाउने क्रममा चीनमा प्राकृतिक ग्यासको माग बढ्दो छ । चीनसहित अमेरिका र रूस विश्वमै प्राकृतिक ग्यास बढी प्रयोग गर्ने देशहरु हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.