प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 January 2021

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ


मोरङ, ११ माघ :
मोरङ विराटनगर १७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी धरान–९ का ३९ बर्षीय सुवास लामीछाने रहेका ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । कार्यालयका अनुसार लामीछानेलाई विशेष सुराकका आधारमा लागुऔषध स्पास्माे प्राेक्साेभाेन १६९ ट्याब्लेट, नाइट्राभेट १५ ट्याब्लेट, निट्जाकेयर २० ट्याब्लेट र डाइलाेक्स डिसी २० बाेतलसहित पक्राउ परेका हुन् । 

पक्राउ पर्ने लामीछाने माथी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.