आज प्रदेश २ मा सार्वजनिक बिदा - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 January 2021

आज प्रदेश २ मा सार्वजनिक बिदा


महाेत्तरी, ५ माघ:
प्रदेश नम्बर २ काे सरकारले साेमबार प्रदेशमा सार्वजनिक बिदा दिएकाे छ । साेमबार बलिदानी दिवसकाे अवसरमा प्रदेशभर बिदा दिइएकाे मुख्यमन्त्रीकाे सञ्चार सचिवालयले जनाएकाे छ । 

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूकाे सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।

बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएकाे छ । यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.