काठमाडौं - हामिले हत्केला चिलाएमा पैसा आउछ भन्ने गरिन्छ । परम्परागत भनाई अनुसार देब्रे हात चिलाएमा पैसा आउने र दाहिँने हत्केला चिलाएमा पैसा जाने भन्ने गरिन्छ । तर धेरैलाई थाहा छैनकी हाम्रो हत्केला किन चिलाउछ भनेर । खासमा हत्केला चिलाउनु पैसासंग कुनै सम्बन्ध नरहेको चिकित्सकको भनाइ छन् । चिकित्सकले हत्केला चिलाउनु एक शारीरिक प्रक्रिया जस्तै भएको बताउछन् ।
यदि छालामा समस्या आएमा पनि हत्केला चिलाउने गर्छ । तपाइलाई छाला सम्बन्धी रोग लागेमा पनि हत्केला चिलाउने गर्छ । त्यस्तै छाला शुख्खा भएमा पनि छाला चिलाउछ । कुनै पनि खानेकुराको एलर्जी भएपनि हत्केला चिलाउने गर्छ । छालाको कोषहरूमा आउने तीव्र वृद्धिका कारण पनि हत्केला चिलाउछ । त्यस्तै झिँगाको संक्रमणले पनि हत्केला चिलाउछ ।

No comments:
Post a Comment