चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मरे - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 January 2021

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मरे


चितवन, ९ माघ :
चितवन राष्ट्रिय निकुञ्जमा फेरी दुईवटा गैँडा मरेका छन् । माघ ७ र ८ गते ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ ७ गते निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र माघ ८ गते बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको हो ।

गैँडा प्राकृतिक कारण मृत अवस्थामा भेटिएको अधिकारीको भनाई छ । केटा गैँडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ । त्यस्तै भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको र यी दुई सहित चालु आर्थिक वर्षमा निकुञ्जले २२ वटा गैडा गुमाउन पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.