कांग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

कांग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग


काठमाडाैँ, १३ माघ :
नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । 

कांग्रेसको शिक्षा केन्द्रीय विभागको साेमबार बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ । 

विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७÷७८ मा आयोगले रु आठ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पु¥याएको जनाएको छ । बैठकले आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.