गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतमा उच्च सुरक्षा सतर्कता : आठ रोहिंग्या पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 January 2021

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतमा उच्च सुरक्षा सतर्कता : आठ रोहिंग्या पक्राउ


काठमाडाैँ, १२ माघ :
विद्रोही समूहले आक्रमण गर्न सक्ने आशंकामा भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ । 

७२ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता उच्च पारिएको हो । विद्रोही समूहले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी गरेको सूचनापछि सुरक्षा सतर्कता बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विद्रोही समूहले किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि ठाउँमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ । भारतमा भोलि ७२ औं गणतन्त्र दिवस मनाइँदैछ ।

सन् १९४७ जनवरी २६ मा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भए लगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.