कामदार र मजदुरको नाममा नक्कली भ्याट बिल बनाई करोडौं‌ राजश्व छली - pharaksandesh.com

मुख्य समाचार


Monday, 11 January 2021

कामदार र मजदुरको नाममा नक्कली भ्याट बिल बनाई करोडौं‌ राजश्व छली


काठमाडौं, २७ पुस :
सरकारको छानबिनबाट बच्नका लागि व्यापारीले कामदार तथा मजदुरका नाममा समेत मूल्य अभिवृद्धि कर (भ्याट) नम्बर तथा बैंक खाता खोलेर ठगी गर्ने पाइएको छ ।

राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा त्यस्तो बदमासी देखिएको हो । विभागले उच्च अदालत पाटनमा एक व्यवसायी विरुद्ध दायर गरेको मुद्दामा जोडिएका केही व्यक्ति कामदार तथा श्रमिक रहेको पाइएको छ ।

नक्कली भ्याट बिल बनाई राजश्व छली गरेको अभियोगमा विभागले न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक मनिषुकमार समेत १५ जना विरुद्ध रु एक अर्ब २२ करोड २० लाख १९ हजार १९ बराबरको ठगी गरेको पाएको हो ।

न्यू सयपत्री इन्टरप्राइजेजलगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्थाका मजदुरको नाममा दर्ता गरिएको पाइएको छ । आर्थिक हैसियत नै नभएका व्यक्तिको नाममा नक्कली फर्म दर्ता गरी राजश्व चुहावट एवं भ्याट छली गरेको पाइएको छ ।

यस्तै विभागले संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साह विरुद्ध पनि रु १२ करोड ७५ लाख ५१ हजार ६१४ बराबरको भ्याट छली गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.