जबरजस्ती करणी आरोपमा वडाध्यक्ष बोहोरा पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 January 2021

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष बोहोरा पक्राउ


रामेछाप, ११ माघ :
जबरजस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नं १० चनखुका वडाध्यक्ष भरतबहादुर बोहोरा पक्राउ परेका छन् ।

वडाध्यक्ष बोहोरालाई शनिवार आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त भक्तपुर ठिमीको पत्रअनुसार जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई रामेछापको आफ्नै घरबाट पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिनुभयो ।

जबरजस्ती करणीको आरोपसहित ठिमी वृतमा परेको उजुरीको आधारमा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीसहित वडाध्यक्ष बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोहोरालाई थप अनुसन्धानका लागि ठिमि बृत्तमा नै पेश गर्ने प्रहरीको तयारी रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.