उच्च अदालतमा तीन मुख्य न्यायाधीश नियुक्त - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 January 2021

उच्च अदालतमा तीन मुख्य न्यायाधीश नियुक्त


काठमाडौँ, १२ माघ :
न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्ति तथा पदस्थापन गरेको छ । परिषदको आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो । निरौला मुख्य न्यायाधीशमा नियुक्त भएसँगै सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त भएको छ ।न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले मुख्य न्यायाधीशमा नियुक्ति र पदस्थापन भएको जानकारी दिनुभयो । कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ ।

यस्तै, उच्च अदालत जनकपुरमा कायम मुकायम मुख्य न्यायाधीशमा कार्यरत प्रकाशचन्द्र गजुरेललाई पनि मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ । गजुरलेललाई जकनपुरमै पदस्थापन गरिएको छ । उच्च अदालत तुल्सीपुरमा कायम मुकायम मुख्य न्यायाधीश रहनुभएकी नीता गौतम दीक्षितलाई मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ । दीक्षितलाई पनि तुल्सीपुरमै पदस्थापन गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशकमा उपाध्याय
बैठकले राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सर्वोच्चका पूर्व न्यायाधीश वैद्यनाथ उपाध्यायलाई सिफारिस गरेको छ । न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले कार्यकारी निर्देशक नियुक्त गर्ने कानुनी व्यवस्था छ । कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुने व्यवस्था छ ।

यसअघि कार्यकारी निर्देशक रहनुभएका तपबहादुर मगर राष्ट्रिय मानव अधिकार आयोगको प्रमुख आयुक्तमा सिफारिस भएपछि उक्त स्थान रिक्त थियो । उपाध्यायले उमेर हदका कारण २०७३ पुस २९ गतेबाट अवकाश पाउनुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.