प्रजनन् क्षमता बढाउन गर्नुस् यी योगासन - pharaksandesh.com

मुख्य समाचार


Sunday, 10 January 2021

प्रजनन् क्षमता बढाउन गर्नुस् यी योगासन


थुप्रै मानिस प्रजनन् क्षमतालाई लिएर निरास हुन्छन्। यस्तो अवस्थामा उनीहरूलाई निरास हुनुको साटो योगको सहयोग लिनु आवश्यक हुन्छ।

योगले शरीरमा लचकता पैदा गर्नुका साथै रक्त प्रवाह बढाउने काम गर्छ। जसले गर्दा प्रजनन् क्षमतामा सुधार आउँछ।

यदि महिलाहरू लामो समयदेखि गर्भाधारणलाई लिएर संघर्ष गरिरहेका छन् भने महंगो उपचारभन्दा योगको सहारा लिनु उपयुक्त हुन्छ। दिनमा आधा घन्टा मात्रै योगका लागि दिनेहो भने प्रजनन् क्षमतामा सुधार हुन्छ। त्यसैले नियमित तलका योग गर्नुपर्छ।

उत्तानासन
प्रजनन क्षमता बढाउनका लागि उत्तानासन लाभदायक मानिन्छ। यो आसन गर्दा शरीरका कोशिकामा अक्सिजन प्रवाह बढ्छ। र, यसले दिमागलाई स्वच्च राख्न पनि मद्दत गर्छ।

यसले पिठ्युको तल्लो भागको मांसपेसि बढाउन पनि हयोग गर्छ। यसले यौनाङ्गमा हार्मोन सन्तुलन बनाइराख्छ। यो आसन गर्न निकै कठिन पनि हुँदैन। प्रत्यक दिन १५ दिन यो आसन गर्दा परिणाम निकै राम्रो आउँछ।

बटरफ्लाई पोज
बटरफ्लाई पोजले हिप र आन्तरिक जाँघको लचकतामा सुधार ल्याउँछ। महिलाले यो आसनलाई गर्भावस्थामा समेत गर्न सक्छन्।

गर्भावस्थामा यो आसन गर्न सहजै प्रसव हुन सहज हुने बताइन्छ। यो आसन गर्दा तनाव र विषाक्त पदार्थबाट पनि मुक्त भइन्छ। यो आसन गर्न खासै गाह्रो नहुने भएकाले हामीले सहजै गर्न सक्छौं।

मार्जरी आसन
मार्जरी आसनलाई कट पोज पनि भनिन्छ। यो शब्द संस्कृतबाट आएको हो। मरजा अर्थात बिरालो जस्तो भइने भएकाले यस आसनलाई मार्जरी आसन भनिएको हो।

यो आसन गर्दा मानिसको आकृति बिरालो जस्तो हुन्छ। यो आसन गर्दा मेरुदण्ड, हिप र पेटमा गर्मी पैदा हुन्छ। यो आसन गर्न सजिलो पनि छ। यो आसन १५ दिनसम्म प्रत्यक दिन गर्दा परिणाम देख्न थाल्छ।

बालासन
बालासन आरामको आसन हो। सानो बच्चा सुत्दा कति कति आरामसँग सुत्छ। त्यसैले यस आसनलाई बालासन भनिएको हो। यो आसन गर्दा सारा चिन्ता टाढा हुन्छन्।

यो आसनले मेरुदण्ड, हिप र काँधलाई फैलाउँछ। जसले प्रजनन् क्षमतामा फाइदा पुर्याउँछ। त्यसैले यसलाई नियमित गर्नु राम्रो मानिन्छ। यसलाई तनाव भएको समयमा पनि गर्न सकिन्छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.