ओलीको सरकार आएपछि निर्मलाको बलत्कार भयो, लक्षण राम्रो थिएन : माधव नेपाल - pharaksandesh.com

मुख्य समाचार


Saturday, 30 January 2021

ओलीको सरकार आएपछि निर्मलाको बलत्कार भयो, लक्षण राम्रो थिएन : माधव नेपाल


धनगढी, १७ माघ :
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको सरकार बनेलगत्तै निर्मला हत्याकाण्ड भएको बताउनुभएकाे छ । सोही घटनाले आफूलाई अब सरकारको लक्षण राम्रो छैन भन्ने लागेको उहाँको टिप्पणी छ ।

धनगढीमा आयोजित विरोधसभामा बोल्दै नेपालले भन्नुभयाे, ‘केपी ओली सरकारको पहिलो गाँसमा नै झिंगा पस्यो । उहाँको सरकार बनेलगत्तै निर्मला हत्याकाण्ड भयो । अब यसको लक्षण राम्रो छैन भन्न लागेको थियो । लक्षणबाटै थाहा भयो यसले राम्रो ढंगले काम गर्दैन ।’

उहाँले आजसम्म पनि निर्मलाका अपराधीलाई सजाय दिन नसकेको भन्दै ओलीको आलोचना गर्नुभयाे । ओली बनाउने मान्छे नभएर बिगार्ने मान्छे भएको उहाँको टिप्पणी थियो ।

ओलीलाई दुर्योधनको शंज्ञा दिँदै नेपालले कौरवको विनाश दुर्योधनको अहंकारका कारण भए झैँ ओलीको अहंकारका कारण उहाँको र उहाँका मतियारहरूको पतन निश्चित रहेको बताउनुभयाे ।

ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यहरुप्रति टिप्पणी गर्दै नेपालले भन्नुभयाे, ‘केपी ओलीका म्यादी केन्द्रीय सदस्यहरूलाई मास्क लगाएर लाज छोप्न सक्ने अवस्था छैन्, उनीहरुलाई बुर्का लगाई दिनुहोला ।’

नेपालले ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुन आग्रह पनि गर्नुभयाे । नेपालले अगाडि थप्नुभयाे, ‘केपी ओली कहिल्यै पनि गणतन्त्रको पक्षमा भएनन् । ओलीले चुनाव गराउलान् र प्रजातन्त्र बलियो होला भन्ने सोच्नुभएको छ भने भ्रमबाट मुक्त हुनुहोस् ।’

लोकतन्त्र सकिए पनि गणतन्त्र सकिए पनि ओलीलाई कुनै मतलब नभएको प्रतिक्रिया नेपालको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.