यी रोगका लागि अचूक औषधि हो कपुर - pharaksandesh.com

मुख्य समाचार


Sunday, 28 April 2019

यी रोगका लागि अचूक औषधि हो कपुर

काठमाडौँ : कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।

यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ । एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।

यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ । दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।

यसले हाम्रो स्वास्थ्यमा पुर्याउने अन्य फाइदाहरू यस्ता छन्

दाँत किराले खाएमा: 
दाँत किराले खाएमा पनि कपूर अचूक औषधि साबित हुनसक्छ । दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।

खोकी लागेमा:
साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

पुरानो खोकीमा:
सूठो, पिप्ला र मरिच एक्एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक्एक गोली दिनमा खिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

निद्रा नलाग्नेमा अथवा मुर्छा पर्ने समस्यामा: 
फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई–दुई गोली तातोपानीसँग खाने गरेमा निन्द्रा नलाग्ने वा उन्माद् मुर्छा पर्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

ढाड दुखेमा:
दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।

जाडोले कामज्वरो आएमा: 
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

आउँ बाथ भएमा:
दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।

पुरानो बाथमा:
एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।

खटिराहरू भएमा:
नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.