साताको पहिलो दिन घट्यो सुनको मूल्य - pharaksandesh.com

मुख्य समाचार


Sunday, 20 October 2019

साताको पहिलो दिन घट्यो सुनको मूल्य

काठमाडौं, ३ कात्तिक : साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैंयाले घटेको छ । गत शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य दुई सयले घटेर आज प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी ८ ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.