सुरुङ्गा, ३ कात्तिक : हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारकाे अवसरमा निशु ढकालकाे तिहार गीत ‘आयो तिहार’ सार्वजनिक भएकाे छ । उनको तिहारको कोसेलीस्वरुप ‘आयो तिहार’ बोलको देउसी गीत सार्वजनिक गरेको हो ।
गीतमा ढकाल र सुनिल सुनारको स्वर रहेको छ। यस गीतमा नवीन के तिमल्सिनाको शब्द, संगीत तथा एरेञ्ज रहेको छ । गीतको भिडियोमा सदिक्षा, एन्जिला, कृपा, स्मृति, मनिषा र आर्यनको नृत्य रहेको छ भने हेम पी देवकोटा, कृष्ण शाही, अनिल सृजना र आर्यनले देउसी भट्याएका छन् ।
हेर्नुहोस् भिडियो:
No comments:
Post a Comment