बागमतिको फोहोर पानी प्रशोधन केन्द्र निमार्णकार्य अन्तिम चरणमा - pharaksandesh.com

मुख्य समाचार


Sunday, 20 October 2019

बागमतिको फोहोर पानी प्रशोधन केन्द्र निमार्णकार्य अन्तिम चरणमा

काठमाडौं, ३ कात्तिक : अबको ३ महिनापछि हिन्दू धर्मावलम्बीले पशुपतिनाथ मन्दिर क्षेत्रमा बागमतीको पानीमा नुहाउन सक्नेछन् । गुहेश्वरीमा स्थापना गरिएको बागमतीको फाहेोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । जसका कारण पनि अब बागमतीको पानी स्वच्छ हुनमा आशा गर्न सकिनेछ ।

काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको करीब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि पौडी खेल्न र पशुपति क्षेत्रमा ढुक्क भएर नुहाउन सकिन्छ’ । एसियाली विकास बैंकको २ अर्ब ५५ करोड लागतमा निर्माणाधीन आयोजना सम्पन्न भएपछि ३९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने छ । यस्तै प्रतिघण्टा ३२० किलोवाट बिजुली समेत उत्पादनगर्न सकिनेछ । बागमतीको पानीमा भएको फोहोर जम्मा गरेर ग्यासबाट बिजुली निकाल्ने सकिने काठमाडौ उपत्यका फोहरपानी व्यवस्थापन आयोजनाका प्रवन्धक सुरत कुमार बमले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.