विद्यालयमुनि एक सय पैँतालिस मानिसका शव - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 November 2019

विद्यालयमुनि एक सय पैँतालिस मानिसका शव

टाम्पा, ६ मङ्सिर : संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको टाम्पा शहरस्थित एउटा उच्च विद्यालयमुनि एक सय पैँतालिस जना मानिसका शव गाडिएको भेटिएको छ। ति चिहान बीसौं शताब्दीको मध्यमा सिजवुड चिहानमा गाडिएका गरिबहरुका शव भएको बताइएको छ।

सो बिाद्ययालय वरपर वा त्यहँँ कुनै चिहान हुनसक्ने ऐतिहासिक सूचना र तथ्यका आधारमा जमीन मुनिसम्म छिर्ने रडारको प्रयोगबाट अनुसन्धान गरिँदा त्यहाँ ३ देखि ५ फिट मुनि कोफिनहरु रहेको पत्तालागेको थियो।

विद्यालय सुत्रका अनुसार त्यहाँ २ सय ५० जना भन्दा बढी मानिस गाडिएका छन्। ति मध्ये अधिकांश अफ्रिकी–अमेरिकीहरुको चिहान भएको बताइएको छ। सन् १९४२ मा सिरजवुडमा नयाँ वस्ती बसालिएको थियो। त्यसलाई सन् १९५७ मा एउटा निजी कम्पनीलाई बिक्री गरिएको थियो।

सन् १९५९ मा उक्त जमीन खरिद गरी स्कुल डिस्ट्रिक्टले सन् १९६० मा किंग हाइस्कूल खोलेको थियो। अहिले सो चिहान क्षेत्र खुल्ला चउर र विद्यालयको कृषि भवनमुनि रहेकोछ। स्कुल डिस्ट्रिक्ट सुपरिटेन्डेन्ट जेफ इयाकिन्सले भनेका छन्, ‘भवनलाई त्यहाँबाट हटाउने योजना बनिरहेका छन्।

हामी यहाँका जमीन मुनि गाडिएका मृत्तक व्यक्तिहरूको सम्मान गर्न चाहन्छौं। रडारले जमीन मुनि भएका वस्तु यकीनका साथ भन्न नसके पनि त्यहँँ भेटिएका कुरा चिहानको ऐतिहासिक अभिलेखसँग मिल्न गएको बताइएको छ। ऐतिहासिक दस्तावेज अनुसार सो चिहानमा गाडिएकाहरूमा अधिकांश बालबालिका र शिशु रहेका छन्। (एजेन्सी)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.