‘यो हावा किन चल्छ’ सार्वजनिक (भिडियोसहित) - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 November 2019

‘यो हावा किन चल्छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, ६ मङ्सिर : रिलिजका लागि तयार भएको प्रेमकथामा आधारित फिल्म ‘लभ यु हमेसा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक गरिएको छ। यो रोमान्टिक गीतमा यशराज र ऋचा थापालाई फिचरिङ गरिएको छ। 

भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको गीत सुधीर राई र मेलिना राईले गाएका हुन्। भासुको शब्द र संगीत रहेको गीत फिलिपिन्सको समुद्री तटमा खिचिएको छ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीत प्रेमाभावले प्रेरित छ। अभिनेता यशराजले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए। ऋचाले पनि फिल्मबाट ठूलो आशा राखेको बताइन्।

फिल्ममा यशराज गरच, ऋचा र फिजाका साथमा गोपाल ढकाल ‘छन्दे’, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारले अभिनय गरेका छन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.