गजल:
![]() |
| मन्जुकिरण |
देशमा अशान्ति भए निन्द्रा कसरी लाग्छ भन्नुस
नालायक सरकारले, राष्ट्र कसरी हाँक्छ भन्नुस
देश बनाऊँछु भन्दै जनआन्दोलन गरे यिनैले
अब पनि नगर्नेले,लाज कसरी ढाक्छ भन्नुस
आफैमा नै छन मैमत्ता नातागोता छन सबैतीर
हुतिहार चै पवारमा,सिपालु कसरी भाग्छ भन्नुस
ठुला ठुला कुराले देश बन्दैन अवश्य पनि
यही पराले चुनावमा,भोट कसरी माग्छ भन्नुस
सेमिनार रे तालीम रे देश बिदेश चाहार्छन सधै
जनताको करमा अझै,आँखा कसरी ताक्छ भन्नुस
मन्जुकिरण

No comments:
Post a Comment