सागर आलेको स्वरमा रहेको यो के भयो गीतको भिडियो सार्वजनिक - pharaksandesh.com

मुख्य समाचार


Sunday, 10 November 2019

सागर आलेको स्वरमा रहेको यो के भयो गीतको भिडियो सार्वजनिक

काठमाडौं, २४ कात्तिक : सागर आलेको सुमधुर स्वरमा सजिएको यो के भयो गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रथप नेपाल आईडलबाट सांगेतिक क्षेत्रमा आफ्नो परिचय जमाएका सागर आलेको स्वारमा र सुदिप धितालको शब्द संकलनमा रहेको ‘यो के भयो’ म्युजिक भिडियो सार्वजनिक भएको हो । 

सुदिप धितालको शब्द सिर्जना रहेको ‘यो के भयो’ गीतको अभिनय पनि धितालले नै गरेका छन् । संगीत तथा म्युजिक एरेन्ज फराज अर्पनले गरेका हुन् । भिडियोमा सुदिप र दियाले पनि दमदार प्रस्तुती दिएका छन् । 

जापानमा बस्ने धिताल गीत रचना गर्न र मोडेलिङ गर्न रुची राख्छन् । जापानमा बसेर पनि धितालले गीत रचना गर्ने र अभिनयमा पनि उत्तिकै रुची देखाउँदै आएका छन् । आगामी दिनहरुमा अझै दमदार प्रस्तुती पस्किएर सांगेतिक क्षेत्रमा अझै बढी योगदान पु¥याउने धितालको सोच छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.